यसरी गर्न सकिन्छ फौजी कीराको व्यवस्थापन ?
- मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने ।
- राम्रोसँग खोस्टाले घोगा छोपिने जातको मकै लगाउने ।
- बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात एक हप्ताभित्र रोप्ने ।
- मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ ।
- डेस्मोडियम घाँस यो कीरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मन पर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्ने ।
- अण्डाहरु संकलन गरेर नष्ट गर्ने ।
- गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रणमा सघाउँछ ।
- हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि प्रभावकारी हुन्छ
- सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाइ किराको प्रकोप सहन सक्ने पार्ने ।
- मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
- मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
- विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्ने ।
- एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।
- जैविक विषादीको हकमा ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर छर्ने ।
- अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुला छोड्ने ।
- मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन वेन्जोयट ५ प्रतिशत एस.जी. ०.४ ग्राम, क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिट, स्पिनोस्याड ४५ प्रतिशत एसी ०ं३ मिलिलिटर, स्पाइनेटोराम ११.७ प्रतिशत एस.सी ०.४ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने
- विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल गुभोमा समेत पर्ने गरी छर्ने ।
No comments:
Post a Comment