सिमल तरुल खेती प्रविधि
श्रीकृष्ण
अधिकारी
वागवानी
विकास अधिकृत
१.१ बालीको परिचय
बालीको बानस्पतिक परिचयः
सिमल तरुलको हालको अवस्थाः
नेपालमा सिमल तरुल खेती सन् १९६० दशक तिर प्रवेश गरेको हो।
यो नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, ईलाम, सर्लाही, सिन्धुली, धनुषा, चितवन, नवलपरासी, दाङ, बर्दिया,
कैलाली, कन्चनपुर लगायत जिल्लामा सिमल खेती गरिदैँ आएको छ। नेपालमा यस बालीको कति
खेती गरिन्छ भन्ने एकिन तथ्याङ्कन छैन तर तुलनात्क रुपमा हेर्दा नेपालको पश्चिम
क्षेत्र भन्दा पुर्वी क्षेत्रमा बढी खेती गरिएको छ। एक सर्वे अध्यन अनुसार नेपालमा
यसको उत्पादन प्रति बोट ३ देखि २५ के.जी. रहेको छ भने, करिब ७० % उत्पादकले प्रति
बोट ५ के.जी. उत्पादन गर्दै आएका छन्।
नेपालमा माघे संक्रान्ती लक्षित गरेर कन्दमूल बालीको
उत्पादन हुन्छ। सिमल तरुल लगायत कन्दमूल बालीको माग अत्याधिक हुने हुदाँ बर्षेनी
सो समयमा भारत लगायत छिमेकी मुलुकबाट आयत हुने गरेको पाईन्छ। काठमाण्डौको कालीमाटी
बजार, झापाको दमक बजार, बिराटनगर, भरतपुर, पोखारा लगायत देशका ठुला ठुला शहरहरु
यसको मुख्य बजार हुन्। काठमाण्डौको कालीमाटी बजारमा मात्रै करिब १५०० टनको
हाराहारीमा तरुलको व्यापार हुने गर्दछ, जसमा सिमल तरुलको महत्वपुर्ण स्थान रहेको
छ। यसको हाल मुल्य करिब ५० देखि १५०
रुपैँया सम्म छ।
महत्व तथा विशेषता
सिमल तरुल कार्वोहाइड्रेडको ठूलो श्रोत हो । यसमा ६०‑६५
प्रतिसत पानी र २०‑ ३१ प्रतिसत कार्वोहाइड्रेड पाइन्छ । यसमा क्याल्सीयम र फस्फोरस
र भिटामिन सी प्रशस्त पाइन्छ । क्याल्सीयम ( ५० एम जि /१००
ग्राम ), फस्फोरस
(४० एम जि /१०० ग्राम ) र भिटामिन सी ( २५ एम जि /१००
ग्राम ) पाइन्छ । यसको सेवनबाट कोलेस्ट्रोलको मात्रा न्यून गर्न सहयोग पुग्नुका
साथै रोग प्रतिरोधात्कम क्षमतामा बृद्दि हुन्छ।
सिमल तरुलमा हाइड्रोसाइनिक एसिड (HCN) नामक
विषालु पदार्थ भएको ले वोक्रा मुनिका रातो छाला तासेर मात्र पकाउनु पर्छ । सिमल
तरुल मिठो र तितो प्रकारका पाईन्छन्। मिठो तरुल भन्नाले तितो नभएको तरुल बुझिन्छ।
मिठो तरुलमा प्रति केजी २० मि.ग्रा. सायनाईड (HCN) प्राप्त हुन्छ
भने तिते तरुलमा भने ५० गुणा बढी करिब १ ग्राम/केजी सायनाईड (HCN) प्राप्त हुन्छ।
चुन प्रयोग नगरेको जग्गामा HCN को मात्रा ५४ पि पि एम पाइन्छ भने
चुन प्रयोग गरेको खेतमा ४१ पिपिएम मात्र पाइएको छ। त्यस्तै नियमित सिचाइ गरेको जग्गामा २२ पिपिएम पाईएको
छ भने आकासे खेति गरेको जग्गामा ५५ पपिएिम विषालु हाइड्रोसाइनिक एसिड पाईएको छ ।
सिमल तरुलको चिप्स र साबुरदाना बजारमा प्रशिद्ध छ। यस बाहेक
पनि नेपालको पुर्वी पहाडी भेगका जनजाती समुदायहरु जस्तै मगर, गुरुङ, राई, चेपाङ,
लिम्बु आदिले तरुललाई उसिनिएर वा पोलेर सेवन गर्ने गर्दछन्। त्यस्तै गरि यसबाट
ढिँडो, रोटी, दाल, तितौरा आदि परिकार बनाएर प्रयोग पनि गरिन्छ। यसका साथै यसबाट
रक्सी, जाँड पनि बनाउने चलन रहेको छ।
सिमल तरुलको सामान्य सेवन बाहेक माघे संक्रान्ती पर्वमा
यसको विशेष महत्व रहेको पाईन्छ। माघे संक्रान्तीमा तरुलको सेवन गरेमा चिसो हट्छ
भन्ने जनविश्वास पनि रहेको छ।
१.२ खेती प्रविधि
हावापानी तथा माटोः
यो पुर्ण रुपमा उष्ण प्रदेशिय वाली हो तर पनि यो उपोष्ण
हावापानीमा पनि खेती गरिन्छ। संसार भरी सिमल तरुल २०० उत्तर र २००
दक्षीण अक्षाँशममा खेती गरीन्छ । साधारणतया यसलाई गर्मि र ओसिलो हावापानी (Warm
humid climate) चाहिन्छ । १००
से. भन्दा तलको तापक्रममा यसको वृद्धि रोकिन्छ । त्यसले तुषारो नपर्ने ठाँउमा
यसको खेति गरिन्छ । सिमल तरुल समुन्द्र सतह देखी १५० मि. को उचाईसम्ममा राम्रो संग
यसको खेति गर्न सकिन्छ । जहाँ तापक्रम २५–२७० से. रहिरहन्छ । तर कुनै
कुनै जात १५०० मि. को उचाईसम्म गर्न सकिन्छ । यसको खेति ५००–५००० मि.मि. वर्षा
हुने ठाउँमा गर्न सकिन्छ । तर यो पानी जम्ने ठाँउमा भने हुर्कन सक्दैन। पात झरेर
२–३ महिना सम्म सुशुप्त अवस्थामा रहिरहन्छ । यो छोटो दिनमा हुने वाली (Short
day plant) हो। सुर्यको प्रकाश १२ घण्टा सम्म पर्ने ठाउँमा उत्पादन
राम्रो हुन्छ । लामो दिनमा स्टार्चको बचत राम्रो हुँदैन । यो वाली ले सुख्खा सहन
सक्ने क्षमता राख्दछ । यसलाई पि.एच. ४ देखि पि.एच. ८ सम्मको अम्लियपनामा खेती
गर्ने सकिन्छ।
जातहरुः
नेपालमा स्थानिय सेतो र रातो जात
मात्र कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीमा रहेको छ। भारतमा निम्न हाइव्रीड
जातहरु विकास गरिएको छ ।
·
एच – ९६ ( H-97)
यो हाइब्रिड जात हो। यो लगाएको १० महिनामा उत्पादन लिन सकिन्छ र
यसको उत्पादन २५–३० टन/हेक्टर सम्म हुन्छ । यो जातमा हाँगाहरु
आउँछ ।
·
एच – १६५ (H-165)
यो हाइव्रीड
जातमा हाँगाहरु नआउने र पातहरु तलतिर झुकेको हुन्छ । तरुल छोटो क्रिम रगंको हुन्छ
। यो रोपेको ८–९ महिनामा उत्पादन लिन सकिन्छ । यो जातको उत्पादन ३३–३८ टन/हे. सम्म
हुन्छ ।
·
एच – २२६ (H-226)
यो हाइव्रीड
जातमा केही मात्रा हाँगा हरु आउँछ । यसले रोपेको १० महिनामा उत्पादन दिन्छ र प्रति
हे. उत्पादन ३०–३५ टन सम्म हुन्छ । तर यो जातले मौजाईक रोग सहन सकिदैन।
·
श्री सया (Shree Sahya)
यो हाँगा नहुने
जात हो र रोपेको १०–१० महिनामा उत्पादन लिन सकिन्छ । यसको उत्पादन ३५–४० टन/हे. सम्म
हुन्छ ।
·
श्री बैशाखम (Shree Vaisakham)
यो जातमा केही
मात्रामा हाँगाहरु आउँछ । रोपेको १० महिनामा उत्पादन लिन सकिन्छ। यसको उत्पादन
३५–३८ टन/हे. सम्म हुन्छ ।
·
श्री प्रकाश (Shree
Prakash)
यो हाँगा नहुने
जात हो र यसको ७–८ महिनामा नै वाली तैयार हुन्छ ।
यसको उत्पादन ३५–४० टन/हे. सम्म हुन्छ ।
·
श्री हर्षा (Shree
Harsha)
यो ट्राइप्लाइड (Triploid) हाँगा
नआउने, खान मिठो, वाली ७–८ महिनामा तैयार हुने र
उत्पादन ३४–४० टन/हे. सम्म हुन्छ ।
·
श्री जया (Shree
Jaya)
यो धेरै छिटो
तैयार हुने जात हो । यो रोपेको ६ महिनामा वाली खन्न तैयार हुन्छ । यसको उत्पादन
२६–३० टन/हे. हुन्छ ।
·
श्री विजय (Shree
Bijaya)
यो जात पनि
लगाएको ६ महिनामा तयार हुने र उत्पादन २५–२८ टन/हे. हुन्छ ।
·
एम ४ (M 4)
यो हाँगा नआउने
जात हो र खान अति मिठो हुन्छ । रोपेको १० महिनामा उत्पादन लिन्छ। उत्पादन १८–२३ टन/हे.
हुन्छ ।
·
श्री रेखा (Shree
Rekha)
यो जातको
हाँगाहरु माथी फर्कैको खान लाई अति स्वादिलो र उत्पादन १८–२३ टन/हे.
हुन्छ । वाली १० महिनामा तैयार हुन्छ ।
·
श्री प्रभा (Shree
Prava)
यो जातमा केही
मात्रा हाँगा आउने र रोपेको १० महिनामा उत्पादन लिन सकिन्छ । उत्पादन ३५–४० टन/हे. सम्म
हुन्छ ।
·
निधि (Nidhi)
यो अति छिटो वाली
तैयार हुने जात हो । यो रोपेको ५–६ महिना उत्पादन दिन्छ र उत्पादन २५ टन/हे.
हुन्छ ।
·
कलपका (Kalpaka)
यो पनि अगौटे जात
हो । रोपेको ६ महिनामा वाली तैयार हुन्छ । यो हाँगा नआउने जात हो र उत्पादन २८ टन/हे.
सम्म हुन्छ ।
·
सि.ओ. – ४ ९ ( CO-4)
यसको उत्पादन ५०
टन/हे. सम्म हुन्छ र यसमा स्टार्च ४० प्रतिसत सम्म हुन्छ । यसले कत्ले किरा र रातो
सुलसुले किरा को प्रकोप सहन सकिन्छ ।
·
भेलयानि ह्रस्वा (Vallayani Hraswa )
यो छोटो समयमा
तैयार हुने (५–६ महिनामा ) र खानलाई स्वादिलो हुन्छ । उत्पादन ४४.०१ टन/हे. सम्म
हुन्छ ।
अन्तरबालीः
अन्तरवाली खेती पद्दतिले गर्दा निश्चित
क्षेत्रफलबाट बढी आम्दानी लिन सहयोग पुर्याउछ। सुरुको २‑३ महिना कोशेबालीलाई
अन्तरबालीको रुपमा खेती गर्दा खेती प्रणाली प्रभावकारी पाईएको छ। सिमल तरुल
वालीको विचमा घ्यु सिमी खेती राम्रो मानिन्छ।
त्यस्तै सिमल तरुल सँगै वदाम र वोडी लगाउँदा सिमलतरुल र वदामको उत्पादन राम्रो
भएको भेटिन्छ।
जमिनको तयारी
जग्गा २०–२५ से. मि. तल सम्म माटो खुकुलो गरी जोत्नु पर्छ ।
जग्गाको अवस्था अनुसार ढिस्को (Mound) वा ड्याङ वा व्याडमा तैयार गर्नु
पर्छ । राम्रो सँग तैयार गरेको जग्गामा वढी उत्पादन हुन्छ । जग्गा तयारी गर्दा
पानी नजम्ने कुरा सुनिश्चित गर्नुपर्दछ। यसका लागि पानी नजम्ने गरी उठेको व्याड
बनाँउदा उचित हुन्छ। रोपेको ३० दिन पछि एक देखि तीन पटक सम्म माटो ड्याङमा चढाउने
कार्य गर्नुपर्दछ, साथै समय समयमा झारपात हटाउने कार्य उचित हुन्छ।
मलखाद
बाली
उत्पादनका लागि मलखाद के कती प्रयोग गर्ने भन्ने कुरा खेती गर्ने स्थानको माटोको गुणस्तर
र उर्वराशक्तीमा भर पर्दछ। अन्य बाली भन्दा फरक सिमल तरुललाई पोटासको मात्रा बढी
चाहिन्छ। विशेष गरी एकै स्थानमा लगातार खेती गर्दा पोटासको मात्रा कमि हुने र
पोटासकै कारण उत्पादनमा असर पर्ने हुनसक्छ।
मलखादको
आवश्यकता सिँचित र वर्षामा आधारित खेती पद्दतिमा पनि भर पर्दछ। विभिन्न लेख तथा
रिपोर्टहरुमा सिमल तरुलका लागि आवश्यक मलखाद बारे फरक फरक सिफारिस मात्रा
भेटिन्छन्। सामान्यतया, सिचिँत जमिनमा धेरै उत्पादन लिनका लागि जग्गा तयार गर्ने
बेलामा २० देखि २५ टन/हे. कम्पोष्ट वा गोठेमलको प्रयोग गर्नुपर्दछ। त्यस्तै गरी जग्गा
तयार गर्ने वेलामा ४५ किलो नाइट्रोजन, ९० किलो फस्फोरस, र १२०
किलो पोटास प्रति हे. का दरले माटोमा मिलाउनुपर्दछ। रोपेको ७०‑९० दिन पछि पुनः ४५
किलो नाईट्रोजन र १२० किलो पोटास मल प्रति हेक्टर दिनुपर्छ र त्यहि वेलामा माटो
चढाउने काम पनि गरिन्छ ।
त्यस्तै
गरी वर्षामा आधारित खेती पद्दतिमा भने जग्गा तयार गर्ने बेलामा १५ देखि २० टन/हे.
कम्पोष्ट वा गोठेमलको प्रयोग गर्नुपर्दछ। जग्गा तयार गर्ने वेलामा ५० किलो
नाइट्रोजन, ६५ किलो फस्फोरस, र १२५ किलो पोटास
प्रति हे. का दरले माटोमा मिलाउनुपर्दछ। रोपेको ४५‑५० दिन पछि पुनः ५० किलो नाईट्रोजन
र १२५ किलो पोटास मल प्रति हेक्टर दिनुपर्छ।
लगालग
एकै बाली खेती गर्ने स्थानमा सुक्ष्म तत्व जस्तै जिंक, म्याङ्गानिज, फलाम, तामा र
बोरोनको कमि देखिन सक्ने हुँदा यी तत्वहरु सहितको सुक्ष्म तत्व कम्पेल्क्सलाई
आवश्यकता अनुसार रोपेको ४०‑४५ दिनपछि बोटमा फोलियर स्प्रे गर्न सकिन्छ।
बाली
लगाउने समयः
सिमल तरुल सिँचित र वर्षामा आधारित दुवै खेती प्रणालीमा
गर्न सकिन्छ। सिचिँत खेतीमा बाली लगाउनका लागि वर्ष भरी जुनसुकै समय उपयुक्त हुन्छ
भने वर्षातमा आधारित खेती प्रणालीमा भने वर्षा सुरु हुनु भन्दा ठिक अघि बाली लगाउन
सकिन्छ। नेपालमा यसको खेती प्रायः बैशाखको अन्तिम हप्ता देखि जेष्ठको शुरु हप्तामा
गर्ने गरिन्छ।
बीउको दर
र रोप्ने तरिकाः
सिमल तरुलको वानस्पतिक प्रसारण विधिबाट बिरुवा उत्पादन गरिन्छ। यसको लागि हाँगाको कटिङ (सेट) तयार गरि प्रसारण गरिन्छ। सेटका लागि हाँगा छनौट गर्दा कम्तिमा ८ महिना पुरानो र रोग किरा संक्रमण नभएको हाँगा छनौट गर्नुपर्दछ। कटिङ लिदाँ फेद तर्फको वा टुप्पो तर्फको कमलो भाग लिनु हुँदैन। करिब २५ से.मी. लामो ८‑१० वटा आँख्ला भएको डाँठको करिव बिच भागलाई कटिङको रुपमा प्रयोग गर्नुपर्दछ। उक्त कटिङलाई रोप्ने बेलामा सिधा ठाडो पारेर रोप्नु पर्दछ। सेटको टुप्पो भाग माथि तर्फ फर्काएर रोप्नु अति आवश्यक हुन्छ। करिब ४५% छड्के पारेर रोप्दा राम्रो पाईएको छ। कटिङ गर्दा टुप्पो भाग गोलो सिधा (horizontal sharp cutting)
काट्नु पर्दछ भने फेद तर्फको भाग छड्के कटाई गर्नुपर्दछ।कटिङ गर्ने साधन धारिलो हुनुपर्दछ र कटाई स्पष्ट हुनुपर्दछ। यसरी तयार पारिएको सेटलाई करिब १५ दिन जति छायाँदार ठाँउमा राखेर रोप्दा राम्रो नतिजा प्राप्त हुन्छ। सेटलाई रोप्नु भन्दा १५ मि अघि कार्वेन्डाजिम १ ग्रा./लि. पानीमा डुवाएर उपचार गरी रोप्दा प्रभावकारी हुन्छ। सेट रोपण गर्दा ५ से.मी. गहिराईमा रोप्न उपयुक्त हुन्छ। तर माटोको अवस्था तथा चिस्यानमात्रा हेरिकन ५‑१० से.मी. गहिराईमा पनि रोप्न सकिन्छ। सिँचाईको सुविधा कम भएको तथा पानी कम पर्ने ठाँउमा खेती गर्नुपर्नेछ भने त्यस्तो अवस्थामा रोपण गर्ने सेटलाई मनसुन सुरुहुनु पुर्व अर्थात जेष्ठको पहिलो‑दोस्रो हप्तामा सिँचाई सुविधा भएको नर्सरीमा ४.५ से.मी. X ४.५ से.मी. को दुरीमा हाँगामा कोपिला फुट्ने (sprouting) अवस्था सम्म (करिब २० दिन) राख्ने र त्यस पछि रोप्दा उत्पादन राम्रो हुने कुरा अनुसन्धानवाट पुष्टि भएको छ । तर वढी पानी पर्ने ठाउँमा परम्परा देखी आएको समयमा सिधा फिल्डमा रोप्दा हुन्छ।
सिमलतरुल कति दुरीमा रोप्ने भने कुरा हाँगा आउने वा हाँगा
नआउने जातमा भर पर्छ । साधारणतया हाँगा नआउने
(non-branching) जात ७५ से.मी. X ७५ से.मी.
को दुरीमा र हाँगा हाउने (Branching
or semi branching variety ) जात लाई ९० से.मी.
X ९० से.मी. को दुरीमा रोप्दा राम्रो उत्पादन दिईएको पाईएको छ
। हाँगा नआउने जात लाई एक ठाउँमा दुई वटा विरुवा रोप्दा (Two stalks Hill )
वढी उत्पादन हुन्छ। एक हेक्टरका लागि १७००० सेटको आवश्यकता पर्दछ।
विरुवा रोपेको केहि समय पछि केहि ठाउँहरुमा पर्ने वा ढाठवाट
मुना (Sprouting) नहुने भएकोले खालीठाउँमा पुनः विरुवा नलगाएमा प्रति
हे. उत्पादनमा ह्रास हुन्छ । त्यसैले खाली ठाउँहरुमा विरुवा रोपेको १५ दिन भित्र
४० से. मि. लामो हाँगाहरु रोप्दा मात्र समान्य उत्पादन दिन्छ । साधारणतय २० से.मि को सेट रोप्ने चलन भएपनि खाली ठाउँमा १५
दिन पछि रोप्दा ४० से.मि. को सेट २० से.मि. को सेट भन्दा ५०% वढी उत्पादन दिन्छ ।
सिंचाइ
सिमल तरुलाई सिँचित र वर्षामा
आधारित दुवै खेती प्रणालीमा गर्न सकिने र सुख्खा सहन सक्ने क्षमता भएतापनी तरुल
रोपण गरेको पहिलो ३ हप्तासम्म चाँहि माटोमा चिस्यान मात्रा हुनु जरुरी हुन्छ जसले
गर्दा जराको स्वस्थ विकास हुन पाँउछ। सिँचाईको मात्रा कति आवश्यक हुन्छ भन्ने कुरा
माटोमा हुने चिस्यान र वर्षाको मात्रामा पनि भर पर्दछ। सामान्यतया सेट रोपण गरेको
३ दिन पछि एक चोटी र त्यसपछि ७‑१० दिनको फरकमा ३ महिनासम्म र त्यस पश्चात २०‑३०
दिनको फरकमा ८ औँ महिनासम्म सिँचाई दिदाँ उपयुक्त हुन्छ।
काँटछाँट
एउटा बोटमा धेरै हाँगाहरु उम्रन सक्छ, त्यसमा पनि माथिल्लो
कोपिला (Bud) छिटो छिटो बढ्ने भएकोले १०–१५ दिन पछि
त्यसलाई भाचेर दुईवटा आमने सामने (Opposite side)
लाई मात्र बढ्न दिएमा भुईमा तरुल एक रुपले धेरै
संख्यामा उत्पादन हुन्छ।
बाली रोपको ८ महिना पछी (फाल्गुण महिना) जमिनबाट ३० से.मी.
उचाई राखेर त्यो भन्दा माथीको भागलाई काटिदिने र पालुवा पलाउन दिने हो र अर्को ८
महिना खेतबारीमा हुर्कन दिने हो भने तरुलको उत्पादनमा दोब्बर हुने तथा गुणस्तरमा
कुनै कमि नहुने अध्ययनले पुष्टि गरेको पाईन्छ।
गोडमेल
पहिलो गोडमेल रोपेको ४५–६० दिनमा गहिरो संग माटो चलाउने तथा
मलखाद प्रयोग गर्ने र त्यसको १ महिना पछि माटो हल्का उठाउने (Earthing
up) र झारपात हटाउने कार्य गर्नुपर्दछ।
बाली संरक्षण (मूख्य रोग तथा कीरा
र व्यवस्थापनका उपायहरु)
कन्दमूल बालीहरुमा खासै रोग कीराको
समस्या हुँदैन। तर पनि कहिले काँही निम्नानुसारका रोग कीरा देखिएमा व्यवस्थापन
गर्नुपर्ने हुन्छ।
क.
कत्ले किरा
डाइमेथोएट ३०% इ
सी (रोगर, अनगर,रोगोहिट) १ मिलि
प्रतिलिटर पानीमा मिसाइ दुई दुई महिनामा
एक पटक छर्ने ।
ख.
धमिरा
क्लोरोपाईरिफोस
२०% ई.सी. २ एम. एल./ लि. पानीमा मिसाई माटो भिज्ने गरी प्रयोग गर्ने।
ग.
सुलसुले
प्रोपरजाइट ५७ % इ सी (किंगमाइट, अमाइट) ३
मिलि प्रतिलिटर पानीमा वा रोगर १ एम एल प्रतिलिटर पानीमा
मिसाई १५ दिनको फरकमा ३ पटक छर्ने
रोगहरुः
सिमल तरुलमा कसाभा मोज्याईक रोग कहिले काहि फाटफुट रुपमा
देखा पर्छ। पात छोटो हुनु
वोट फुडके हरु र पात दोव्रिने देखिन्छ । यसका लागि भाईरस ट्रान्सफर गर्ने सेतो
झिङ्गाको व्यवस्थापन गर्नुपर्दछ।
बाली भित्र्याउने समय तथा उत्पादन
सिमल तरुल जात अनुसार ६–१० महिनामा तैयार हुने भएकोले खन्ने
काम गरिन्छ । १० महिनामा खन्दा सबैभन्दा वढी उत्पादन भएको देखिन्छ। छिटो उत्पादन
हुने जात ६–७ महिनामा नै तैयार हुन्छ । यदि बोटको पात ओईलाएका तथा ५०% पातहरु सुक्न थाले भने बाली
भित्र्याउनका लागि बोट परिपक्क भएको भनि थाहा पाउन सकिन्छ। ढिलो गरी खन्दा गुणस्तरमा ह्रास आउछ। सिमल तरुल
खन्दा पुरै बोट नै उखल्ने चलन छ । उखेलेको हाँगाहरुलाई पुन रोपणको लागी छायादार
ठाउँमा राखिन्छ ।जरा खनेको ३‑४ दिनपछी राम्रो भण्डारण गर्न सकिएन भने विग्रीन्छ।
छोटो समयमा तयार हुने जात २५–३० टन/हे. उत्पादन दिन्छ भने
अरु जातहरु ३०–४० टन/हे. उत्पादन दिन्छ ।
1.3 बजारीकरण
नेपालमा माघे
संक्रान्ती लक्षित गरेर कन्दमूल बालीको उत्पादन हुन्छ। सिमल तरुल लगायत कन्दमूल
बालीको माग अत्याधिक हुने हुदाँ बर्षेनी सो समयमा भारत लगायत छिमेकी मुलुकबाट आयत
हुने गरेको पाईन्छ। काठमाण्डौको कालीमाटी बजार, झापाको दमक बजार, बिराटनगर,
भरतपुर, पोखारा लगायत देशका ठुला ठुला शहरहरु यसको मुख्य बजार हुन्। काठमाण्डौको
कालीमाटी बजारमा मात्रै करिब १५०० टनको हाराहारीमा तरुलको व्यापार हुने गर्दछ,
जसमा सिमल तरुलको महत्वपुर्ण स्थान रहेको छ।
यसको हाल मुल्य करिब ५० देखि १५० रुपैँया सम्म छ।
१.४ जातिय संरक्षणको महत्व एवं उपायहरु
·
सिमान्तकृत जमिनमा कम श्रममा खेती गरेर
कम लागतमा उत्पादन लिन सकिने हुदाँ यस किसिमका
बालीहरुलाई महत्वपुर्ण रुपमा लिईन्छ।
·
बढ्दो जनसंख्या र खेती योग्य जमिनमा
शहरीकरण तथा वस्ती विस्तार हुँदैजादा मुख्य खाद्यन्न बालीले खाद्यसुरक्षा नधानेको
अवस्थामा यस किसिमका बालीको विशेष महत्व रहेको
·
खाद्यन्न आयतलाई न्यूनिकरण गर्न तथा
पौष्टिक तत्व सुनिश्चितताको लागि खाद्य विविधिकिरण गर्नका लागि पनि यस किसिमका
कन्दमूल बालीको संरक्षण, सम्वर्द्धनको आवश्यक रहेको
·
हाइब्रिड र आधुनिक प्रजातिहरुमा कृषिले
नेपालको दुर्गम र पहाडी क्षेत्रमा खाद्य सुरक्षाको
सुनिश्चितता
गर्न नसकेको अवस्थामा मुलुकका यस किसिमका प्रजातिहरु लोपोन्मुख अवस्थामा हुदाँ थप
समस्य सृजना हुने
सिमल तरुल लगायत
यस किसिमका बालीहरुलाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि प्रविधिको विकास र मूल्य
श्रृखंलाको विकास, सरकारी तथा गैर्हसरकारी संघ संस्था लगायतका सरोकारवालाहरुबाट
कृषक, कृषक समुह, सहकारीहरुलाई प्रोत्साहन गर्ने र यसको आवश्यकता र महत्वका बारेमा
जनसेचतना कार्य सञ्चालन गर्ने जस्ता कृयाकलापमा जोड दिनुपर्दछ।
सन्दर्भ सामग्री सूचि
·
https://beta.gorkhapatraonline.com/mainnews/2020-01-15-7097
·
Shrestha, G. K.
(1992). Cassava production and research in Nepal. Historical review and
future direction Cassava breeding, agronomy and utilization in Asia,
144-148.
·
https://samachardainik.com/news-details/59685/mail-to
·
https://www.ipipotash.org/publications/eifc-284
·
, , . (2007) Yield Maximization in
Cassava through a Systematic Approach in Fertilizer Use. Communications in Soil Science and Plant Analysis 38:5-6,
pages 779-794.
·
Mandal,
R.C. ,K.D. Singh and S.B.Maini. 1973. Effect of plant density , fertility level
and shoot number om tuber
yield and quality of
tapioca.Ind.J.Agron.18:498-503



No comments:
Post a Comment